चितवनमा गैँडाको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

चितवनमा गैँडाको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – चितवनकाे भरतपुरमा-१७ नारायणचोकमा गैँडाकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

गैँडाकाे आक्रमणबाट  नारायणचोकका ६० वर्षीय झलकराज पौडेलकाे ज्यान गएकाे हाे ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उहाँकाे उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे । सामान्य घाइते भएका ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपछि घर फर्कनु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij