नक्कली भुटानी शरणार्थी प्रकरण :खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

नक्कली भुटानी शरणार्थी प्रकरण :खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा शरणार्थीसँग सम्बन्धित विवरण नरहेको प्रहरीले बताएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको हो ।

त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेतासम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij