औचित्य सकिएका र दोहोरो कार्यक्षेत्र परेका २० संस्था खारेज

औचित्य सकिएका र दोहोरो कार्यक्षेत्र परेका २० संस्था खारेज

काठमाडौं : सरकारले औचित्य सकिएका र दोहोरो कार्यक्षेत्र परेका २० वटा संस्था खारेज गरेको छ।

 

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

‘सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्था खारेज गरेको छु।’ उनले भने।
उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकाय एकअर्कामा गाभिने पनि उनले घोषणा गरे।

‘क्षेत्राधिकारका आधारमा प्रदेश तथा स्थानीय तहबाट संचालन तथा व्यवस्थापन हुन उपयुक्त हुने विभिन्न पर्यटन प्रवर्द्धन समितिहरू तत् तत् तहमा हस्तान्तरण गरिनेछ।’ अर्थमन्त्री महतले भने।

सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएका सुझाव क्रमशः कार्यान्वयन गरिने पनि उनले बताए।

प्रकाशित मिति : सोमबार, जेष्ठ १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij