राष्ट्रिय सभाले आज बजेट पारित गर्ने, प्रतिनिधिसभामा छलफल जारी

राष्ट्रिय सभाले आज बजेट पारित गर्ने, प्रतिनिधिसभामा छलफल जारी

काठमाडौं – राष्ट्रियसभा बैठकमा शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

 

राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।

बजेटमाथि बोल्न बाँकी सांसदले धारणा राखेपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। अब थोरै सांसदले मात्रै धारणा राख्न बाँकी रहेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए।

प्रतिनिधिसभामा भने शुक्रबार पनि बजेटमाथिको छलफल जारी रहने छ। ५० जनाभन्दा बढी सदस्यले बोल्न नाम लेखाएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभामा आइतबार छलफल सकेर अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६० ‍औँ वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची छ। यस्तै पूर्व सांसद महेश चौधरीको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij