काठामाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्।
आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताए।
यसैगरी, अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए। अर्थमन्त्री महतले भने, ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’’
आफ्नो उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्नेसमेत बताए। आलु प्याज जस्ता दैनिक उपभोग्य वस्तुहरूमा पनि कर लगाएको तथा मूल्यवृद्धि हुने अवस्थाबारेको सांसदहरूको प्रश्नमा अर्थमन्त्री महतले विदेशी उत्पादनहरूलाई निरुत्साहित गर्न यस्तो गर्नुपरेको बताए।
साथै अर्थमन्त्री महतले आलु प्याज जस्ता उपभोग्य वस्तुहरू हामी आफैँले उत्पादन गरेर खानुपर्नेमा जोड दिए।
प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्