संसदीय समितिबाट कार्यविधि पारित, बुधबार अर्को बैठक बोलाउने निर्णय

संसदीय समितिबाट कार्यविधि पारित, बुधबार अर्को बैठक बोलाउने निर्णय

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका लागि आज उजुरी खोलिएसँगै उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न कार्यविधि पारित गरेको हो ।

यससँगै जेठ ३१ गते बुधबार ११ बजे अर्को बैठक बोलाउने निर्णय भएको छ ।

यसैबीच प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ भित्रमा गते हुने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ ।  कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij