काठमाण्डाै – विशेष अदालतले कर फर्स्याेट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सजाय जरिबानाको फैसला तोकेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा उमेश ढकाल र चुडामणि शर्मालाई ९/९ वर्ष कैद हुने भएको छ ।
यस्तै, उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिबाना तिर्नुपर्नेछ । बिगो र जरिबाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्