रिटर्नी माइग्रेन्ट नेपालको रुपन्देहीमा सन्तोष अर्यालको नेतृत्व

रिटर्नी माइग्रेन्ट नेपालको रुपन्देहीमा सन्तोष अर्यालको नेतृत्व

बुटवल-रिटर्नी माइग्रेन्ट नेपालको रुपन्देहीकाे दाेस्राे जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । शनिबार सैनामैनामा सम्पन्न भएकाे सम्मेलनमा सन्ताेष अर्यालकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन भएकाे छ । जसकाे उपाध्यक्षमा अजय चापागाईं निर्वाचित भएका छन् । सचिवमा लक्ष्मण पाैडेल , सहसचिवमा राजेश बस्याल चयन भएका छन् भने काेषाध्यक्षमा सीता पाण्डे चयन भएकाे निर्वाचन कमिटीले जनाएकाे छ । भने सदस्यहरूमा भगवती अर्याल , कल्पना पाइजा क्षेत्री , हरि खत्री र कलाधर घिमिरे चयन भएका हुन् । लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालकाे प्रमुख अतिथ्यता रहेकाे कार्यक्रममा सैनामैना नगरपलिका प्रमुख फणिन्द्र शर्मा , रिटर्नी माइग्रेन्ट नेपाल केन्द्रीय महासचिव कृष्ण न्यौपाने , सुद्धाेधन गाउँपालिका प्रमुख बिश्नु प्रसाद बश्याल , सम्मरीमाई गा.पा. प्रमुख बिनोद कुमार श्रीवास्त , नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त त्यस्तै सिटिइभिटी प्रदेश उप निर्देशक यादव सुबेदी , उद्योग बाणिज्य संघ बुटवल अध्यक्ष उज्वल कसजु , युन डिपि रुपन्देही प्रमुख सुदिप अर्याल , सामी रुपन्देही प्रमुख सीता पन्तलगायतकाे उपस्थिति रहेकाे थियाे । सबै नेपाली रिटर्नीहरुको साझा छाता संगठन रिटर्नी माइग्रेटले प्रवासबाट आर्जित सीप ज्ञान र पूँजी स्वदेशको लागि भन्ने उदेश्यले अगाडि बढेकाे छ । सीता बस्यालकाे अध्यक्षता रहेकाे  कार्यक्रममा स्वागत लक्ष्मण पौडेलले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, असार २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij