बुटवल।
चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराएको छ ।
विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर वनले बुटवल–१५ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालयमा शुक्रबार १५ सेट डेक्स बेन्च वितरण गरेको हो । वनका अध्यक्ष जगतनाथ शर्मा पौडेल, सल्लाहकार उदयराज काफ्ले सहितको टिमले संयुक्त रूपमा विद्यालयका प्राचार्य रीता थापालाई डेक्स बेन्च हस्तान्नरण गरे ।
सो अवसरमा बोल्दै सल्लाहकार उदयराज काफ्लेले वनले विद्यालयलाई आवश्यक सहयोग गरेको खुसी व्यक्त गरे । वनले आवश्यकता अनुसार नजिकका विद्यालयलाई सहयोग गर्दै जानुपर्ने बताए ।
विद्यालयका प्राचार्य रीता थापाले विद्यालयको भौतिक पूर्वाधार कमजोर रहेको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले नगरपालिका विभिन्न संघ संस्थालाई सहयोगको लागि पटक पटक अनुसार गरे पनि कहीबाट सहयोग पाउन नसकेको गुनासो गरिन् ।
विद्यालयमा ८५ जना विद्यालय अध्ययनरत छन् । वनका अध्यक्ष जगतनाथ पौडेलले वन संरक्षण र विकास संँगै आफूहरुले विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको बताए । विद्यालयलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्दै जाने बताए ।
वनको विकासलाई लागि यो वर्ष पनि विभिन्न प्रजातिका विरुवाहरु लगाइएको बताउँदै पौडेलले वनलाई नमूना बनाउन आफूहरु लागेको बताए । चारपाला वन देशकै ठूलो सामुदायिक वन हो ।
वनका कार्यालय सचिव विनोद आचार्यले उपलब्ध गराइएका डेक्स बेन्च २ लाख रुपैयाँ बराबरका रहेको जानकारी दिए । वनका अध्यक्ष जगतनाथ शर्मा पौडेलको अध्यक्षता उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्