बुटवल,१ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर रहेका छन् ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेको आरोपमा उनलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
उनलाई केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।
रानालाई काठमाण्डौमा साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने थापाले बताए । रानाले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।
प्रकाशित मिति : सोमबार, साउन १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्