कांग्रेस रुपान्तरण अभियानले दिएका २१ बुँदे सुझाव

कांग्रेस रुपान्तरण अभियानले दिएका २१ बुँदे सुझाव

काठमाडौँ — नेपाली कांग्रेस रुपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि २१ बुँदे सुझाव समेटिएको प्रतिवेदन बुझाएको छ । सात प्रदेशमा पुगेर नेता कार्यकर्तासँग छलफलपछि अभियानमा सामेल नेताहरूले पार्टी रुपान्तरणका लागि सुझाव सहितको प्रतिवेदन तयार गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाएका हुन् ।

सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्न समय नदिएपछि नेताहरूले केन्द्रीय कार्यालयका मुख्यसचिवमार्फत् पार्टीलाई अभियानको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अभियानका क्रममा तल्ला तहका नेता कार्यकर्ताले उठाएकासहित २१ बुँदे सुझावहरू समेटिएको छ ।

 

रुपान्तरण अभियानले पछिल्ला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, अस्वभाविक गठबन्धन र सरकार निर्माणमा भएको राजनीतिक दुर्घटना, उपनिर्वाचनको अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमका पार्टीका नेताहरूको संलग्नता जस्ता कुराहरूले देशभरिका इमान्दार, निष्ठावान कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गरेको छ ।

‘नेपाली कांग्रेसलाई समयसापेक्ष सुधार गरी रुपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन गरेर अघि नबढ्ने हो भने पार्टी सदस्यहरूमा झन् झन् निराशा बढ्दै जाने र पार्टीको लोकप्रिय जनधार खस्कँदै जाने स्थिति प्रष्ट छ,’ प्रतिवेदनबारे नेता रञ्जित कर्णले भने, ‘यस सन्दर्भमा पार्टीमा रुपान्तरणका प्रमुख मुद्दा र समाधानका विकल्पबारे सातवटै प्रदेश र विदेशस्थित जनसम्पर्क समितिहरूसँग प्रथम चरणको छलफल सम्पन्न गरी हामीले प्रारम्भिक प्रतिवेदन बुझाएका छौं ।’

उनले पार्टी रुपान्तरणका लागि प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय एवम् कार्यान्वयनका लागि समेत आग्रह गरिएको बताए ।

प्रकाशित मिति : मंगलबार, साउन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij