तीन रोट्रयाक्ट क्लवको संयुक्त पदस्थापन

तीन रोट्रयाक्ट क्लवको संयुक्त पदस्थापन

भैरहवा-भैरहवामा तीनवटा क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्धल्याण्ड र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले संयुक्त रुपमा पदस्थापन कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा वर्ष २०२३/२४ का लागि रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष सचिन रेग्मी, रोट्रयाक्ट क्लब अफ बौद्धल्याण्डकी अध्यक्ष निकिता लाम्गादे र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका सुशन भट्टराईले सपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि रोटरी डिष्ट्रिक ३२९२ रिजन ५, जोन २९ का असिस्टेण्ट गभर्नर हिरा बहादुर शाहले स्पष्ट लक्ष्य लिएर अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो कार्यमा केन्द्रित र समर्पित रहन आग्रह गरेका थिए ।

त्यस्तै विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ का सह–सचिव कृष्ण प्रसाद पाण्डेले क्लबको गरिमा कायम राख्दै अगाडि बढ्नुपर्ने बताए र विशेष गरी सेवा परियोजनाहरू सञ्चालन गर्दा उच्च स्तर र नैतिकता कायम राख्नुको महत्त्वलाई प्रकाश पार्दै मूल्यवान अन्तरदृष्टि साझा गरेका थिए ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पूर्वअध्यक्षहरु उपेन्द्र यादव, बाबुराम खनाल र विनिता पोखरेल, रोट्रयाक्ट क्लब अफ बौद्धल्याण्डकी पूर्वअध्यक्ष दिक्षा सुनार र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका पूर्वअध्यक्ष सुमन खनालले शुभकामना मन्तव्य राखेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीकी पब्लिक इमेज चेयर मेनुका घिमिरेले जानकारी दिइन् ।

सुनिल सुनारको स्वागत, मनोज यादवको धन्यवाद ज्ञापन तथा धुर्व डुम्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij