देवदह मेडिकल कलेजमा फूलबारी सहकारीका शेयर सदस्यलाई प्रसुती सेवामा निशूल्क अन्य सेवामा ५० प्रतिशतसम्म छुट

देवदह मेडिकल कलेजमा फूलबारी सहकारीका शेयर सदस्यलाई प्रसुती सेवामा निशूल्क अन्य सेवामा ५० प्रतिशतसम्म छुट

बुटवल

रुपन्देहीको बुटवल मैनाबगरमा अवस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्था लि र देवदह मेडिकल कलेज एन्ड रिसर्च ईन्स्टिच्युटबीच स्वस्थ्य उपचार सुबिधामा सम्झौता भएको छ ।
फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. को मोवाइल बैकिङ्क ,सदस्यता कार्ड, कार्ड होल्डरहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको सहकारी का व्यवस्थापक नारायण भुालले बताए । उक्त सम्झौता अनुसार फुलबारी साकोसका शेयर सदस्यहरुले ओपिडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आइ सि यु एन आइ सि यु र पि आइ सि यु मा १० प्रतिशत, सर्जिकलमा, प्याथोलोगिकल ल्याब र रेडियोलोजिमा १५÷१५ प्रतिशत, होलबोडी चेकअपमा २५ प्रतिशतका साथै अन्य सेवामा १० प्रतिशताछुट दिने सम्झौता भएको हो । । साथै शेयर सदस्य एकाघरमामाथि उल्लेखित छुट सेवामा ५० प्रतिशत छुट साथै प्रसुती सेवामा निःशुल्क रहेको सम्झौतामा उल्लेख छ ।
फूलबारी बचत तथा ऋण सहकारीको तर्फबाट सचिब रोशन पाण्डे र व्यवस्थापक नारायण भुसालले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने देवदह मेडिकल कलेजको तर्फ देखि अध्यक्ष गोपाल बहादुर पोख्रेलले हस्ताक्षर गरि सम्झौता गर्नुभएको थियो ।
वि.स.२०६४ सालमा बुटवल २ मैनाबगरमा स्थापना भएको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले ै आफ्ना शेयर सदस्य एवंम एकाघर सदस्यहरुमा उपचार सुबिधामा विशेष छुट सहित वदह मेडिकल कलेजबीच सहमति भएको संस्थाका सचिव रोशन पाण्डेले बताएका छन ।
कार्यक्रममा फूलबारी सहकारीका सचिब रोशन पाण्डे व्वस्थापक नारायण भुसाल वदह मेडिकल कलेजका अध्यक्ष गोाप लबहादुर पोख्रे , प्रमुख प्रसासकिय अधिकृत खड्क बहादुर जिरेल ले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।

प्रकाशित मिति : आइतबार, भाद्र ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij