काठमाडौं
नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।
साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट कांग्रेसले एक वर्षे कार्यतालिका पारित गर्दै कांग्रेसलाई जनतासँग जोड्ने उद्देश्यसहित चरणवद्ध संगठन सुदृढीकरणका अभियानहरु घोषणा भएको थियो ।
‘वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको छ,’ सहमहामन्त्री बद्री पाण्डेले भने । बैठकमा मूल रुपमा दोस्रो चरणको अभियानमा छलफल भएको पाण्डेले जानकारी दिए ।
बैठकले भदौ २४, २५ र २६ गते काठमाडौंमा बीपी साहित्य सम्मेलन गर्ने निर्णय गरेको छ । यसअघि कार्ययोजनामै यो विषय समेटिएको थियो ।
बैठकले सभापति देउवालाई भदौ १५ गतेभित्र गठन गरिसक्ने जिम्मेवारी तोकिएका भ्रातृ संस्थाहरुको गठनको काम पूरा गर्न स्मरण गराएको छ भने विभागहरुको गठनका विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्