JanataToday.com

Advertisment

SKIP THIS

एसिया कप : पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा

एसिया कप : पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा

काठमाडौं : एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

 

 

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिला बलिङमा तानिएको हो।

दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ । एसिया कप डेब्यु गर्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो ।

एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो । यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भएपनि कार्गिल युद्धको कारण प्रतियोगिताको त्यो संस्करण नै हुन सकेन । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र पाकिस्तानले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ।

उत्कृष्ट लयमा रहेको पाकिस्तान हालै मात्र एकदिवसीय विश्व वरीयतामा शीर्ष स्थानमा पुगेको छ । तर नेपाली टिमका कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौति दिने प्रयासमा रहेको बताएका छन् । पाकिस्तानका कप्तान बाबर आजमले पनि नेपाल सजिलो प्रतिद्वन्द्वी नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij