काठमाण्डाै – सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनुभयो ।
नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक बिदा दिइने निर्णय उहाँको भनाइ छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थिक शरीर श्रदाञ्जलीका लागि आज एमालेको पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्