संघ सरकारले अधिकार नदिदा संविधान कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

संघ सरकारले अधिकार नदिदा संविधान कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

दाङ
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निर्दिष्ट गरेका अधिकारहरु कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताए । उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई दिन नखोजेको बताए । यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको मुख्यमन्त्री चौधरीको तर्क छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए ।

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्‍याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शिघ्र कार्यान्वयनमा जानु पर्ने बताए । ‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,—‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूणर् कार्यान्वयनको लागि संघीयताकार्यान्वयन पूणर् हुनु पर्ने र त्यो अधिकारमा जोडिएको उनले बताए ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे । उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसंग आग्रह समेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरू विचमा समन्वय र सहकार्य हुनुपर्ने बताए । संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । तर, प्रदेशले गरेको प्रतिबद्धता पूरागर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ ।
‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस् । सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो आग्रह छ, संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ’? उनले भने ‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ।’
अव विकासमा प्रतिस्पर्धा हुनु पर्छ, तव मात्रै संघीयताको महत्व बुझिन्छ । ‘सात वटा प्रदेश मध्य कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिस्पर्धा हुनुपर्छ’ उनले भने, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूणर् योग्दान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूणर् छ ।’

प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृती प्रदर्शन गरेर दिवस मनाइएको छ । थारु, मगर, अवधी समुदायको कलासंस्कृती प्रस्तुत गरिएको हो । महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : बुधबार, असोज ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij