भैरहवा -संविधान दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा जोन १८ का ८ ओटै क्लबसंग संयुक्तरुपमा भैरहवा स्थित बुद्धचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको अध्यक्षतामा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष्य सचिन रेग्मी हुनु हुन्थ्यो भने कार्यक्रममा रोट्रयाक्ट जोन १८ का ZRR लक्ष्मन रेग्मी, त्यसैगरी रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीकि पुर्व अध्यक्ष्य रो बिनिता पोख्रेल, लगायत जोन १८ मा रहेको सम्पूर्ण क्लबका अध्यक्ष्यज्युहरुको उपस्तिथी रहेको थियो। यस कार्यक्रमलाई अझै भब्य बनाउन सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उप – प्रमुखको पनि सहभागिता रहेको कार्यक्रम संयोजक रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पब्लिक इमेज चेयर धिरज मरासिनीले बताउनु भयो।
प्रकाशित मिति : बिहिबार, असोज ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्