काठमाण्डाै – सरकारले जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने काम नगर्न/नगराउन आग्रह गरेको हो ।
यस्तै सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै धारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न/नगराउनु हुन एवम् विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न/नगराउनु हुन सम्बन्धित सबैमा सरकार आग्रह गर्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुग्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कामलाई बढावा दिने, वा प्रचलित कानुन बमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा नगर्न अनुरोध गर्दछ ।’
प्रकाशित मिति : मंगलबार, असोज १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्