भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

????????????? ??? ??????????????? ???????? ??????????? ???????? ????? ????????????? ?????? ?????? ????????????? ???????? ????? '???????' ??? ????????? ? ?????? : ????????? ????/????

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनु भएको हो ।

उहाँले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिनुभयो । उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भोलि भूकम्पको केन्द्रबिन्दु बझाङको अवलोकन गर्ने र त्यसपछि थप कार्यक्रम अघि बढाउने तयारी छ ।

प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij