काँग्रेस रुपन्देही २ काे सभापतिमा गिरी र ढकालकाे उम्मेद्वारी

काँग्रेस रुपन्देही २ काे सभापतिमा गिरी र ढकालकाे उम्मेद्वारी

रुपन्देही

काँग्रेस रुपन्देही २ काे क्षेत्रीय सभापति पदमा दुई जनाकाे उम्मेद्वारी परेकाे छ । त्यस्तै सहसचिव पदमा पनि दुई जनामै उम्मेदवारी परेकाे निर्वाचन अधिकृत नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझीले जानकारी गराउनु भयाे ।
पार्टीकाे १४ औं महाधिवेशनबाट निर्वाचित हरी लम्सालले राजिनामा गरेपछि रिक्त रहेकाे क्षेत्रीय सभापति पदमा प्रजापाल गिरी र प्रशुराम ढकालकाे उम्मेदवारी परेकाे हाे । त्यस्तै सहसचिव पदमा संगिता अर्याल गाैतम र विष्णुप्रसाद चापागाईकाे उम्मेदवारी परेकाे छ । सहसचिव पदमा पनि राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि रिक्त थियाे ।
त्यसकाे लागि भाेली शनिबार निर्वाचन हुदैछ । बुटवलकाे बालमन्दिरमा हुने निर्वाचन अन्तरगत बिहान ८ बजेदेखि मतदान सुरु हुने पनि निर्वाचन अधिकृत रायमाझीले बताउनु भयाे । मतदान साझ ४ बजेसम्म हुनेछ । याे निर्वाचनमा ६७४ जना क्षेत्रीय प्रतिनीधिले मतदान गर्नेछन् ।
यसबाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुदैछ । रुपन्देहीकाे गैडहवा गाउपालिका सभापतिकाे लागि पनि भाेली नै निर्वाचन हुदैछ । त्यहाँ याेगेन्द्र चाैधरीकाे एकल उम्मेदवारी परेकाे निर्वाचन अधिकृत शंकर पन्थीले जानकारी दिनुभयाे ।
त्यस्तै देवदह नगरपालिकाकाे वडा नं. ६, ओमसतिया गाउपालिकाकाे वडा नं. ४,  मायादेवी गाउपालिकाकाे वडा नं. ८, लुम्बिनी सांस्कृतिक नगरपालिकाकाे वडा नं. ५ र मर्चवारी गाउपालिकाकाे वडा नं. ४ मा वडा सभापति पदकाे उपनिर्वाचन हुँदै गरेकाे जिल्ला निर्वाचन समिति संयाेजक अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनु भयाे ।

प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij