काठमाडौं – नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।
विराटनगरमा रहेकाे कलेजले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । नेपाल घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल जित्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ ।
नोबेल मेडिकल कलेजले जारी छनोट प्रतियोगिताको उपाधि जितेमा थप ५ लाख रुपैयाँ दिने पनि जनाएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्