रुपन्देही जिल्ला सहकारीको ३९औं बार्षिक साधारण सभा सम्पन्न

रुपन्देही जिल्ला सहकारीको ३९औं बार्षिक साधारण सभा सम्पन्न

रुपन्देही

रुपन्देही जिल्ला सहकारी संघ लिमिटेड को ३९औं बार्षिक साधारण सभा जिल्ला सहकारी संघ का अध्यक्ष एवं राष्ट्रिय सहकारी संघ संचालक समितिका भिम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न भएको छ।कार्यक्रममा बार्षिक निति तथा कार्यक्रम सहित अध्यक्ष, कोषाध्यक्ष तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो। सो अबसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ले जिल्ला सहकारी संघ तथा जिल्ला बचत संघ ले जनतालाई बिश्वस्त हुने वातावरण सृजना गर्नु पर्ने । सहकारी लाई थप क्षति हुनबाट जोगाउन जिल्ला सहकारी संघले रचनात्मक काम गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सहकारी बैंकका संचालक समितिका सदस्य माधबलाल देबकोटा ले जिल्ला सहकारी संघ बिगतको तुलनामा समय सापेक्ष परिमार्जित हुँदै गइरहेको र अझै केही थप ससक्त हुन आबश्यक रहेको औल्याउनु भयो। केन्द्रीय सहकारी संचालक लेखनाथ पाण्डेले सहकारी निति र थितिमा चल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरुको तर्फबाट ईश्वरचन्द्र पोखरेल, सल्लाहकार हरु मध्ये बाट डा.खगराज शर्मा,बिषयगत संघको तर्फबाट बसन्त ढकाल, चेली महिला कृषि सहकारी संस्थाका देवी अधिकारी लगायतले बोल्नुभएको थियो । जिल्ला सहकारी संघ का बरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव दामोदर पंगेनीले संचालन गर्नुभएको थियो

 

 

प्रकाशित मिति : बुधबार, कार्तिक २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij