बुटवल,
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल-भैरहवा सडकको तिलोत्तमा खण्डमा रहेको बुद्धको मूर्ति फुटाएकाे आराेपमा स्थानीयले
एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
बिहीबार दिउँसो मङ्लापुर बजार नजिकैको बुद्धमूति तोेडफोड गर्दै हिँडेकाे भन्दै स्थानीयले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
स्थानीयले एकजना युवकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
नियन्त्रणमा आएको युवकको विषयमा अनुसन्धान भइरहेको उनलेे बताए । युवकलाई मङ्लापुर चौकीमा राखिएको छ । प्रहरीका अनुसार ती युवा रानीगञ्ज तर्फबाट आएको अनुमानको आधारमा त्यसतर्फ बुझ्न टोली पठाएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा खण्डमा यसअघि पनि सडक किनारमा रहेका बुद्ध मूर्तिहरुमा तोडफोड भएको थियो ।
सडक किनारका मूति फोडिएपनि अहिले सम्म मूति तोडफोड गर्नेलाई पक्राउ गरि कारवाही हुन सकेको छैन ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्