काठमाडौं,४ पुस ।
दुवईबाट त्रिभुवन विमानस्थल अवतरण गरेको एयर अरेबिया विमानको शौचालयमा नवजात शिशु मृत फेला पारेका छन् ।
बुधबार बिहान ९ बजे दुवईबाट त्रिभुवन विमानस्थल अवतरण गरेको विमानकाे शौचालयमा नवजात शिशु मृत फेला परेकाे हाे ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको जानकारी दिए । विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधपुछ गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।
शंकास्पद महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्