बुटवल,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले जनतालाई धुलो खुवाउदै गाडीमा झन्डा हल्लाउँदै हिड्नेहरूलाई धुलो चटाउने चेतावनी दिएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक खण्ड पैदल यात्राको बुधबार बेलुका बुटवलमा समापन गर्दै सभापति लामिछानेले जनतालाई धुलो खुवाएर आफू झन्डा हल्लाउँदै हिड्ने नेताहरूलाई धुलो चटाइदिने चेतावनी दिएका हुन् ।
लामो समयसम्म सडक निर्माणकाे काम नसकेर आम उपभोक्तालाई बर्षाैसम्म धुलो खुवाउनु सिंगो युग र पुस्तामाथिको अपराध भएको भन्दै उनलेे राष्ट्रिय गाैरवकाे आयोजनाकाे काममा एउटा ठूलो घर बनाउने कार्यमा जति मजदुर पनि नखटिएकाे बताए ।
आफुहरू आउने थाहा पाएर सडकमा पानी हालेर धुलो कम गराइएको बताउदै उनलेे यात्राको क्रममा फाट्टफुट्ट मात्रै काम गरेको पाइएको उल्लेख गरे ।
तीनदिन अघि नारायणघाटबाट सुरु भएको ११३ किलोमिटर पैदल यात्रा बुटवलको धागो कारखानामा आएर समापन भएको हो ।
प्रकाशित मिति : बिहिबार, पुष १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्