काठमाडौं,१० माघ ।
यू-१९ क्रिकेट विश्वकपमा समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली १ सय ९७ रनमा अलआउट भयो ।
नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए । त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।
साे खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए । त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २-२ विकेट लिएका थिए । त्यसैगरी खुबैब खलिल, मोहमद जीशान, अलि असफन्डले एक एक विकेट लिए
प्रकाशित मिति : बुधबार, माघ १० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्