बुटवल
१० जनाको मृत्यु हुने गरि कपिलवस्तुमा आज बिहान भएको बस दुर्घटना प्रति नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले दुख ब्यक्त गरेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले एक शाेक विज्ञप्ति जारी गरि दुख ब्यक्त गरेका हुन् ।
बुधबार राति कपिलवस्तुको सुरही खोलामा बस दुर्घटनाको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकाे हो ।
दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शाेक विज्ञप्तिमा उपचारमा सम्बन्धित पक्ष गम्भीर रुपमा लाग्न आग्रह समेत गरिएकाे छ ।
दुर्घटनाका क्रममा उद्दार र उपचारमा खट्ने सुरक्षाकर्मी, जनप्रतिनिधि स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद व्यक्त गरेका छन् ।
पूर्व पश्चिम राजमार्गमा दैनिक रुपमा भईरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित पक्षलाई गम्भीर बन्न नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले आग्रह गरेकाे छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्