एमालेले आफूहरूकाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई दियाे ३ दिनकाे समय

एमालेले आफूहरूकाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई दियाे ३ दिनकाे समय

sf7df8f}+ kmfu'g !! k|ltlglw ;efdf cj/f]w ub} Pdfn] ;f+;bx? . kmf]6f] M k|bLk/fh jGt

काठमाण्डाै – नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनकाे समय दिएको छ ।

आज विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको संसद पुनः शुरु भएपछि विशेष समय लिएर बाेल्दै एमाले सचेतक महेश बर्तौलाले अर्को बैठकमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो । संसद्को अर्को बैठक पर्सि आइतवार बिहान ११ बजेका लागि तोकिएको छ ।

एमालेले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ ।

एमाले सचेतक बर्तौलाले संसद्को आउँदो बैठकमा मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

यसअघि आजको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले विधेयक प्रस्तुत गर्ने बेला गणपूरक सङ्ख्या नपुगोस् भनेर विपक्षी दलका सांसद बाहिर गएको आरोप लगाएपछि एमालेले विरोध गरेको थियो । जसका कारण बैठक स्थगित भएर पुनः शुरु भएको हो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij