बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु

बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु

बुटवल

-बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे।

उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गरिन्।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ। जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन्।

प्रकाशित मिति : आइतबार, फाल्गुन १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij