कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने, विपक्षी अरू दलहरूसँग पनि सहयोग माग्न छलफल गर्ने

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने, विपक्षी अरू दलहरूसँग पनि सहयोग माग्न छलफल गर्ने

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते गर्ने तयारी छ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । उसले विपक्षी अरू दलहरूसँग पनि अध्यक्षमा सहयोग माग्न छलफल गर्ने भएको छ ।

नयाँ सत्ता गठबन्धन बनेपछि राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनाउने यसअघि चार दल– एमाले, माओवादी, रास्वपा र जसपाबीच सहमति भएको थियो ।

५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० गते सकिएको थियो । सत्ता समीकरण बदलिनुअघि कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने चर्चा हुँदै आएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij