JanataToday.com

Advertisment

SKIP THIS

ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी

ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी

 

 

भैरहवा,

‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबमाथि जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदहले बुद्धमाथि ६ विकेटको जित हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४० ओभर २ बल खेल्दै १ सय ८२ रन जोड्दा अलआउट भयो । उसका लागि सलिम अलीले ४३, दीपक डुम्रेले ३९, सुरज गुरुङले ३०, सुरज पौडेलले २६ र कमल परियारले २५ रन बनाए । बलिङमा देवदहका सुरज खड्काले ४, रोशन गौतमले ३ तथा शिव ज्ञवाली, ध्रुव सोनार र अर्जुन रायमाझीले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ८३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको देवदह ३३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १ सय ८६ रन बनायो र सहजै जित निकाल्यो । उसको जितमा धु्रव सोनारले अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रोशन गौतमले ३३, अर्जुन रायमाझीले २६, विक्की कार्कीले नटआउट २३ र संकेत भट्टराईले २२ रनको महत्वपूर्ण योगदान दिए । बलिङमा बुद्धका कमल परियार, अमित अग्रहरी र सुरज पौडेलले समान १–१ विकेट हात पारे । देवदहका रोशन गौतम प्लेयर अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए

प्रकाशित मिति : मंगलबार, चैत्र ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij