बुटवलका केही मासुपसलमा मनपरी

बुटवलका केही मासुपसलमा मनपरी

बुटवल-बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज गरेको पाइएको हो।
मनपरी गर्ने मासु व्यवसायीलाई अन्तिमपटक भन्दै सचेत गराइएको र २ वटा मासु पसललाई जनही ५-५ हजार रुपैयाँ जरिवाना गराईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। उनले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु बधशालाबाट मासु ल्याउनका लागि सचेतना फैलाउने काम भइरहेको बताइन्।
बुटवल उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, व्यापार संघका प्रतिनिधिसहितको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायीलाई सचेत गराउने र गल्ती दोहोर्‍याएमा थप कारबाही गर्ने उनले बताइन्।
उनका अनुसार मासु पसलहरुले सफा र स्वच्छ मासु उपलब्ध नगराउने र उपभोक्ताको हितविपरीत बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ। उनले पशु बधशालामा बध गरेको मासुमात्रै बिक्री वितरण गर्नुपर्ने प्रावधानको पालना गर्न सबै व्यवसायीलाई आग्रह गरिन्।
पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडेले मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताए। उनले पशु बधशाला तथा मासु सम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुने बताए।
अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले अनुगमनका क्रममा सचेत गराइएकालाई पालना नगरेमा कारबाही अगाडि बढाइने बताए।

प्रकाशित मिति : बुधबार, चैत्र १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij