गृहमन्त्रीमाथि छानबिन समिति बनाउनेबारे पार्टी बैठकपछि निर्णय लिन्छौँ : कांग्रेस

गृहमन्त्रीमाथि छानबिन समिति बनाउनेबारे पार्टी बैठकपछि निर्णय लिन्छौँ : कांग्रेस

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको विषयमा संसदीय छानबिन समिति बनाउनेबारे पार्टी पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ।

शनिबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सचेतक सुशिला थिङले पार्टी बैठकपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे निष्कर्षमा पुगिने जानकारी गराइन्।

‘प्रतिपक्षीको ठाउँबाट हेर्दा गृहमन्त्रीको विषयमा संसदीय छानबिन समिति छलफल नभएसम्म सदन कसरी लैजाने भन्ने विषयमा भोलि पदाधिकारी बैठक बसेर छलफल गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि हामी हाम्रो विषय कसरी राख्ने भन्ने निष्कर्षमा पुग्छौँ।’

त्यस्तै, उनले १८ देखि २१ गतेसम्म लगातार प्रतिनिधिसभा बैठक बस्ने पनि जानकारी गराइन्।

‘१८,१९,२०,२१ सम्म सदन कसरी चलाउने भन्नेबारे छलफल भयो,’ उनले भनिन्।

त्यस्तै, राजनीतिक दलसम्बन्धी विधेयकमा विवाद भएकाले अहिले त्यसलाई अघि नसार्ने सहमति भएको पनि जानकारी गराइन्।

‘प्रतिपक्षीको तर्फबाट राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले यो विषय अहिले नल्याऔँ भन्ने सन्दर्भमा १७ गते सार्ने भन्ने सहमति भएको छ,’ उनले भनिन्।

सभामुख घिमिरेले शनिबार राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग संसद सञ्चालन गर्नेबारे छलफल गरेका थिए।

प्रकाशित मिति : शनिबार, चैत्र १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij