काठमाडौं । नेपाल झएञ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी/२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो ।
नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी२/० सिरिज २/१ ले जितेको छ । अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बुधबार हुने छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्