काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाउनुभएको छ । आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।
८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री महराले बहुमत ४८ मत प्राप्त गर्नुभयो । महरालाई नेकपा एमालेका २९ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनता समाजवादी पार्टी (जसपा) का तीन जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना सांसदले मत दिएका छन् ।
लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेकामा राप्रपाका एक जना निलम्बित छन् । मुख्यमन्त्री महराकाे विपक्षमा नेपाली कांग्रेसका २७, जनमतका तीन जना सांसद रहेका थिए । तर उहाँकाे विपक्षमा २८ मत परेको थियो । राप्रपाका तीन र लोसपाका तीन जना सांसद तटस्थ बसेका छन् ।
डिल्लीबहादुर चौधरीले गएको २२ गते राजीनामा दिएपछि अर्को दिन २३ गते महरालाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्