बुटवल,२
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमापहिलो पटक क्यानसर रोगको अप्रेसन सफल भएको छ ।रुपन्देहीको बुटवल ११ देविनगर बस्ने वर्ष ७५ कीशोभा केसीको पाठेघरको मुखको पहिलो चरण(स्टेज १ बिटु) क्यान्सर रोगको अप्रेसन सफल भएको अस्पतालले जनाएको छ ।
७५ वर्षिय केसीको मनिावारी सुकेको बिस वर्षमापहिलोपट महिनावारी भएपछि उनि स्वास्थ्य जाँचको लागिआम्दा अस्पतालमा आएकी थिईन् ।
परिवारका सदस्यले समयमै अस्पतालमा ल्याएर स्त्री तथा प्रसुति
रोग विशेषज्ञ डाक्टर नारायण बहादुर जिसीको टीमसँगपरामर्श लिएपछि उनको पाठेघरको मुखको वायोस्पीजाँच गरेर हेर्दा क्यान्सर रोग देखिएको थियो ।
डाक्टर जिसीका अनुसार साधारणतय यो उमेरमा क्यान्सर रोगको अप्रेसन गर्ने सम्भावना न्यून रहन्छ । महिलाको पाठेघरको मुखको क्यान्सर जाँचेर पत्ता लगाउन सकिन्छ । जाँच गर्दा क्यान्सर देखिएपछि सिटिस्क्यान, एमआरआई रटिबिएसको मद्धतबाट ट्युमरको साइज कति ? पाठेघरको
वरिपरि रहेका तत्वहरुमा फैलिएको छकीछैन र कुन स्टेजको क्यान्सर हो भनेर हेर्ने गरिन्छ ।
सामान्यतय महिनावारी सुकिसकेको महिलाहरुमा रगत देखिनु
र आम महिलामा फोहोर र गनाउने पानी बग्नु पाठेघरको मुखको क्यान्सरका लक्षणहरु हुन । ५० वर्ष भन्दा माथिका उमेर समुहका महिलामा सामन्यतय क्यान्सर देखिएपछि पहिलो चरण भन्दा पनि फैलिसकेको अवस्थामा पाईने गर्दछ । संयोगले
बिरामी शोभा केसीको पहिलो चरणको क्यान्सर भएकाकारण र कुनैपनि दिर्घरोग नभएकोले मेजर अप्रेसन गर्नसफल भएको विशेषज्ञ डाक्टर नारायण बहादुर जिसीलेबताए । आम्दामा पहिलोपटक महिलाको पाठेघरकोमुखको क्यान्सर रोगको अप्रेसन पहिलो पटक भएको हो
।सूचनाको हकको अधिकार सबैमा हुन्छ, क्यान्सर भन्नेवित्तिकै जनमानसमा ला यसको उपचार केहि हुँदैन भनेर अतालिएको पाईन्छ, विरामीले आफूलाई लागेको रोगबारे थाहा पाउनु उसको अधिकार हो, अन्य व्यवस्थापनका लागि परिवारसँगको परामर्श आवश्यक हुन्छ । परामर्शको क्रममा विरामी आफैमा उपचार गर्नेप्रति आत्मबिश्वास र परिवारको साथ सहयोगले यो अप्रेसन गर्न हाम्रो टिम सफल भएको हो डाक्टर जिसीले भने । उनि मिति २०८० चैत १ गतेदेखि आम्दा नेपाल बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत छन् ।
महिलाको पाठेघरको मुखको वायोस्पी जाँचबाट पाठेघरको अवस्था,क्यान्सर रोग देखिएमा अन्यत्र फैलिएको छ छैन वा कुन स्टेजको हो भनेर पत्ता लगाउन सिटिस्क्यान, एमआरआई सेवा, माइनर र मेजर अप्रेसन र महिलाको प्रजनन सम्बन्धी जाँच तथा उपचारका लागि बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा हुने भएकाले चितवन र भक्तपुर जानुपर्ने बाध्यता हटेको छ । यसका साथै अव छिटै आम्दाअस्पतालमा किवोथेरापी र रेडियोथेरापी सेवा पनिसंचालनमा ल्याउने तयारी भईरहेको अस्पतालले जनाएको छ ।
यससंगै यस्ता रोग लाग्नबाट बच्नका लागि सरकारी तह रअस्पतालले पनि सचेतनामुलक कार्यक्रम संचालन गर्न
आवश्यक छ । कुनैपनि विवाहीत,बच्चा भएको र यौन लागेको रोगबारे थाहा पाउनु उसको अधिकार हो, अन्य व्यवस्थापनका लागि परिवारसँगको परामर्श आवश्यक हुन्छ । परामर्शको क्रममा विरामी आफैमा उपचार गर्नेप्रति आत्मबिश्वास र परिवारको साथ सहयोगले यो अप्रेसन गर्न हाम्रो टिम सफल भएको हो डाक्टर जिसीले भने । उनि मिति २०८० चैत १ गतेदेखि आम्दा नेपाल बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत छन् ।महिलाको पाठेघरको मुखको वायोस्पी जाँचबाट पाठेघरको अवस्था,क्यान्सर रोग देखिएमा अन्यत्र फैलिएको छ छैन वा कुन स्टेजको हो भनेर पत्ता लगाउन सिटिस्क्यान, एमआरआई सेवा , माइनर र मेजर अप्रेसन र महिलाको प्रजनन सम्बन्धी जाँच तथा उपचारका व्यवसायि महिलाले स्वस्थ भएपनि पाठेघरको मुखको स्क्रीन जाँच गर्ने, यौन सम्पर्क हुनभन्दा अगावै नेपाल सरकारले भ्याक्सीन लगाउने अभियान पनि शुरु गरेको छ । भ्याक्सीन ९ वर्षदेखि १५ वर्षसम्म उमेरको लाई दुई डोज र १५ वर्षदेखि २५ वर्षसम्मको महिलालाई तीन
डोज लगाउनुपर्दछ । स्त्री रोग विशेषज्ञले दिएको जानकारी अनुसार उक्त भ्याक्सीन यौन सम्पर्क नहुदै लगाएको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न ९५ प्रतिशत विश्वसनिय हुन्छ । तर यो भ्याक्सीन लगाएपनि सबै महिलाहरुले समय समयमा पाठेघरको मुखको जाँच गरिरहनुपर्दछ ।
बुटवलमै क्यान्सर जस्तो जटिल रोगको अप्रेसन सफलभएकोमा खुशी व्यक्त गर्दै विरामी शोभा केसीका छोराबुहारी राम केसी र लक्ष्मी केसी भन्छन्-“आमालाईपेट फुलिने,,सुनिने समस्या हुँदाहुँदै महिनावारीसुकेको २० वर्षमा रगत देखिएपछि आम्दा अस्पताल लिएरआयौ र जाँच गरायौ । पाठेघरको मुखको वायोस्पीगरेको रिपोर्टमा पहिलो स्टेजको क्यान्सर देखियो ।
रिपोर्ट आएपछि हामी निकै आतिएका थियौ,आमाकोउमेर पनि बढीनै थियो तर यहाँका डाक्टर र नर्सहरुको
सहयोगीपनले अप्रेसन सफल भयो । अवका दिनमा हाम्रो आमाको जस्तो समस्या र महिलाको प्रजनन सम्बन्धीकुनैपनि समस्या भए आम्दामा आउनुहुन हामी सबैलाईआग्रह गर्दछौ ।”
प्रकाशित मिति : आइतबार, बैशाख २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्