नयाँ जीवनको लागि हातेमालोको आयोजनामा शैक्षिक सामग्री वितरण

नयाँ जीवनको लागि हातेमालोको आयोजनामा शैक्षिक सामग्री वितरण

नयाँ जीवनको लागि हातेमालोको आयोजनामा मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक वर्षको शुरुवातमै रुपन्देही र कपिलवस्तुका अपागंता भएका तथा सिमान्तकृत समुदायका १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा स्कुल झोला वितरण गरिएको हो ।

नयाँ जीवनको लागि हातेमालोका कार्यक्रम प्रवन्धक मन कुमारी न्यौपाने पाण्डेले शैक्षिक सामग्री र ब्यागको अभावमा कुनै बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर सामग्री वितरण गरिएको बताउनुभयो । प्रवन्धक पाण्डेले अहिलेसम्म अपागंता परिचय पत्र नबनाएका बालबालिकाका अभिभावकहरुलाई अपांगता परिचय पत्रको महत्वबारे जानकारी दिँदै सबैलाई परिचय पत्र अनिवार्य रुपमा बनाएर राज्यले दिएका सेवा सुविधामा पहुँका लागि आफैँ अग्रसर हुन आग्रह गर्नुभयो  ।

कार्यक्रममा सहभागी अभिभावकद्धय रुपन्देहीका गीता खनाल र कपिलवस्तुका आशा थारुले विगत २४ वर्षदेखि लगातार हरेक वर्ष नयाँ जीवनको लागि हातेमालोले अपागंता भएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर अभिभावक र छोराछोरीको मनोबल बढाएकोमा खुशी व्यक्त गर्नुभयो ।

शैक्षिक वर्षको शुरुवातमै शैक्षिक सामग्रीको साथमा व्याग उपलब्ध गराएर संस्थाले गरेको सहयोगले आफ्ना छोराछोरीको शिक्षाका लागि थप सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा ज्योति सिलवाल, ज्ञान्ती थारु, विरेन्द्र श्रेष्ठले अपागंता भएकाहरु प्रति सकारात्मक हुनुपर्ने बताउँदै समाज ,परिवार, विद्यालय र तिनै तहका सरकारले विशेष सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको संचालन नयाँं जीवनको लागि हातेमालोका सामुदायिक विकास अधिकृत सरिता के.सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, बैशाख १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij