तराई मधेशका नाै वटा जिल्लाकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

तराई मधेशका नाै वटा जिल्लाकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज तराई मधेशका नाै वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भगवानपुर, तिलोत्तमा, लुम्बिनी, भैरहवा, तौलिहवा, वीरगञ्ज, गौर, जनकपुर र मनुसमारामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियाे । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्रीकै हाराहारीमा पुगेको थियाे ।

तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातको समयमा पनि अत्यधिक गर्मी हुन थालेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा अर्थात् ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्

प्रकाशित मिति : बिहिबार, बैशाख १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij