बुटवल लेडी जेसीजको आयोजनामा “नैतिक शिक्षा तथा कुशल अभिभावक तालिम सम्पन्न

बुटवल लेडी जेसीजको आयोजनामा “नैतिक शिक्षा तथा कुशल अभिभावक तालिम सम्पन्न

बुटवल

बुटवल लेडी जेसीजको आयोजनामा “नैतिक शिक्षा तथा कुशल अभिभावक तालिम सम्पन्न भएकाे छ । साेमबार बुटवलको नवीन अाैद्याेगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा रुपन्देही शिक्षा तालिम केन्द्रका प्रमुख हरि अर्यालको प्रमुख आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अर्यालले अहिलेकाे समयमा नैतिक शिक्षाकाे जरुरी रहेकाे बताए । उनले बालबालिकालाई सानैदेखि संस्कारी बनाएमा नैतिक शिक्षा व्यवहारिक हुनेमा जाेड दिँदै यसमा अभिभावक , विद्यालयका शिक्षक र बालबालिका सबैकाे भूमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका  प्रधानाध्यापक  प्रेम बहादुर बस्नेत , रोमनाथ घिमिरे र पूर्व अध्यक्ष सिनेटर मन्जु भुषाललगायतले बाेलेका थिए ।

साथै कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहयोग गर्ने मातृशाखा    अध्यक्षजेसी विनोद घिमिरे , निवर्तमान अध्यक्ष कमला लम्साल , सल्लाहकारहरु सिनेटर राधिका पाेखरेल ,जेसी कल्पना पाण्डे , जेसी अनुपमा श्रेष्ठ , पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल , प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक हरि अर्याल , कार्यक्रम संयोजक उषा बेलबासे , नवीन विद्यालय परिवार , अभिभावक , वाेर्डका पदाधिकारीहरु तथा सदस्यहरु लगायत सबैलाई अध्यक्ष संगीता ढकालले धन्यवाद व्यक्त गरेकी छन्  ।
अध्यक्ष ढकालको अध्यक्षतामा भएकाे कार्यक्रममा संयोजक जेसी उषा बेलवासेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा जेसी बसन्ता घिमिरेले जेसीज आस्था पाठ , गरेकाे कार्यक्रमको सञ्चालन महासचिव जेसी रुपा श्रेष्ठले गरेकी थिइन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij