बुटवलका टोल विकास संस्थामा १६ देखि ४० वर्षसम्मका युवाको सहभागीता अनिवार्य

बुटवलका टोल विकास संस्थामा १६ देखि ४० वर्षसम्मका युवाको सहभागीता अनिवार्य

बुटवल- बुटवलमा टोलविकास संस्थाको कार्यसमितिमा अनिवार्य रुपमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता हुनुपर्ने भएको छ।
बिहीबार बसेको बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन गर्दै युवाको सहभागिता अनिवार्य बनाउने निर्णय गरेको हो। जसअनुसार टोल विकास संस्थामा ३० प्रतिशत १४ वर्षदेखि ४० वर्ष सम्मका युवाहरुको प्रतिनिधित्व सुनिश्चित भएको छ।
टोल विकास संस्थामा युवाहरुलाई सहभागी गराई नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले युवाहरुलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उदेश्यका साथ निर्देशिका संसोधन गरिएको बताए। ‘युवाहरुलाई टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा सहभागी गराउने उदेश्य हो-उनले भने।
यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेकोमा युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान थप गरिएको हो।

प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij