बुटवलमा डिजिटल प्रिसेन्स फर फेसन प्राेफेस्नल्स तालिम सञ्चालन

बुटवलमा डिजिटल प्रिसेन्स फर फेसन प्राेफेस्नल्स तालिम सञ्चालन

बुटवल

रूपन्देहीको बुटवलमा डिजिटल समयलाई मध्यनजर गर्दै ब्रान्डिङ एण्ड डिजिटल प्रिसेन्स फर फेसन प्राेफेस्नल्स तालिम सञ्चालन गरिएको छ । हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरकाे अायाेजनामा साेमबार तालिम सम्पन्न भएको हाे । ट्रेनिङ  सेन्टरका नयाँ तथा पुराना विद्यार्थीहरूका लागि साे तालिम सञ्चालन गरिएको सेन्टरका अध्यक्ष हिरा पेग्नीले बताइन् ।
टिक्न र बिक्नको लागि निरन्तर सिकाई आवश्यक रहेकाे बताउँदै समयकाे मागलाई ध्यानमा राख्दै तालिम दिइएको सेन्टरका अध्यक्ष पेग्नीकाे भनाइ छ ।

कार्यक्रममा अाइडिया फ्युजनका सिइयाे , डिष्ट्रिक पब्लिक इमेज काे चियर अफ राेटरी इन्टरनेशनल तथा इड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । प्रशिक्षक गुप्ताले याे समय जाे काेहीले पनि समय र प्रविधिसँग अाफूलाई अभ्यस्त गराउन जरुरी रहेकाे बताए । उनले जुनसुकै पेशा र व्यवसायमा डिजिटल माध्यम अावश्यक रहेकाे बताउँदै समयसापेक्ष अाफूलाई परिवर्तन गर्न सक्नुपर्ने बताए । प्रशिक्षणमा नयाँ तथा पुराना गरी करिब ४३ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे सेन्टरले जनाएको छ । सहभागी विद्यार्थीहरूले समयसापेक्ष तालिम पाएकाे खुसी व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij