बुटवल १ रूपन्देहीको पद्म चैत्य विहारले २५६८ अाै बुद्ध जयन्ती ( स्वायाँ पुन्ही )विविध कार्यक्रम गरी मनाउने भएकाे छ । यही ज्येष्ठ १० गते परेको बुद्ध जयन्ती समारोह ( स्वायाँ पुन्ही ) काे अवसरमा ज्येष्ठ ६ गते अाइतबारबाट ५ दिने विविध कार्यक्रमहरू हुने भएका छन् । पहिलाे कार्यक्रमअन्तर्गत ज्येष्ठ ६ गते बिहान ११ बजे विहार परिसरमै नेपाल पक्षघात महासंघको सहयोगमा पक्षघातसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिने विहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यले बताए । भने साेहि दिन साँझ ६ बजे पूर्ण चैत्य विहारबाट सुरू भै पद्म चैत्य विहारसम्म शान्ति दीप पदयात्रा गरिने अध्यक्ष बज्राचार्यकाे भनाइ छ । पदयात्राका कार्यक्रमकाे संयाेजकत्व बाैद्ध महिला संघले गर्ने छ । यसैगरी दाेस्राे कार्यक्रम ७ गते साेमबार बिहान विहार परिसरमा रक्तदान कार्यक्रम हुनेछ । बाैद्ध युवा ज्ञानमाला संघ बुटवलकाे संयाेजकत्वमा बिहान ७ बजेबाट कार्यक्रम हुनेछ ।
मंगलबार बिहान ७ बजे बाैद्ध युवा ज्ञानमाला संघकै संयाेजकत्वमा मणिमुकुन्द सेन पार्क बुटवल २ फूलबारीस्थित बुद्ध प्रतिमामा शीलप्रार्थना , बुद्ध पूजा , ज्ञानमाला भजन र धर्मदेशना हुनेछ । भने साँझ ६ बजे अाना पाना ध्यान हुने बिहारले जनाएको छ ।
वर्तमान परिवेशमा बाैद्ध शिक्षाको अावश्यकता विषयमा ज्येष्ठ ९ गते दिउँसो १ बजे वक्तृत्वकला प्रतियोगिता , पुरस्कार तथा सम्मान पत्र वितरण गरिनेछ । साथै साँझ ६ बजे ज्ञानमाला भजन तथा प्रसाद वितरण गरिने छ । १० गते बिहीबार बुद्ध जयन्ती (स्वायाँ पुन्हीकाे कार्यक्रम बिहान ४ बजेबाटै सुरू हुनेछ । बिहान ४ बजे प्रभात फेरी , बाेधी वृक्षमा जलसिञ्चन गरिने , ६ बजे शीलप्रार्थना , बुद्ध पूजा , धर्मदेशना , दानप्रदान र पद्म चैत्य डाइरेक्ट्री विमाेचन गरिने छ साेही दिन बुटवल उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखलगायकाे सहभाभने दिउँसाे १ बजे परित्राण पाठ तथा धर्मदेशना र दिउँसाे ३ बजे भगवान बुद्धकाे प्रतिमा रथाराेहण गरी नगर परिक्रमा र प्रसाद वितरण गरी कार्यक्रम समापन हुनेछ । विहारमा हरेक बुद्ध जयन्ती र अन्य समयमा विविध कार्यक्रम हुँदै अाएका छन् ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्