मन्त्रिपरिषद् बैठक : काठमाण्डौ–तराई–मधेश द्रुतमार्गका लागि जग्गा प्राप्ति गर्न स्वीकृति

मन्त्रिपरिषद् बैठक : काठमाण्डौ–तराई–मधेश द्रुतमार्गका लागि जग्गा प्राप्ति गर्न स्वीकृति

 

काठमाण्डाै – सरकारले काठमाण्डौ–तराई–मधेश द्रुतमार्ग अर्थात् ‘फास्ट ट्र्याक’ आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले आयोजनाका लागि झन्डै ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा झन्डै पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्नेगरी हटाउने निर्णय पनि गरेको छ । तोकिएका शर्त पूरा भएपछि सरकारको यो निर्णय कार्यान्वयनमा जाने सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij