काठमाण्डौ – मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द भएको छ । मुग्लिन–आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
गएको शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो भने १४ जना भएका छन् । सडकबाट खसेर नदी किनारमा पुगेको बस निकाल्न समस्या भएकाले आज सडक नै बन्द गरेर निकाल्ने काम भइरहेको छ । शवलाई शनिवार भारतीय वायुसेवाको विमानले भारत लगिसकेको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्