काठमाण्डौ – पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेनबाट रानीमहलतर्फ गुडिरहेको यूपी १४ डीएन १०४ भारतीय नम्बरको कार गएराति पौने ११ बजेतिर नारायण डाँडामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कारमा रहेका अरु पाँच जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, भाद्र १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्