JanataToday.com

Advertisment

SKIP THIS

नेपाली खेलाडीको टी–२० ब्याटिङ वरीयता खस्कियो

नेपाली खेलाडीको टी–२० ब्याटिङ वरीयता खस्कियो

काठमाण्डाै – नेपाली खेलाडीको आईसीसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ६१औं स्थानमा पुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ४६औं, आसिफ शेख दुई स्थान तल झर्दै ७३औं स्थानमा पुगेका छन् । टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् ।

यसैगरी टी–२० बलिङ वरीयतामा सोमपाल कामी ९३औं र दीपेन्द्रसिंह ऐरी ९७औं स्थानमा यथावत् छन् । यो वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा छन् भने वेस्ट इन्डिजका अकेल होसेन चार स्थान सुधार गर्दै दोस्रो र वेस्ट इन्डिजकै गुदाकेश मोटी १० स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

यसैगरी टी–२० वरीयताको अलराउन्डरतर्फ गुल्सन झा र कुशल भुर्तेल समान दुई स्थान सुधार गर्दै क्रमशः ६९औं र ७०औं स्थानमा आइपुगेका छन् । यस्तै करण केसी एक स्थान सुधार गर्दै ७५औं स्थानमा आइपुगेका छन् भने दीपेन्द्रसिंह ऐरी सातौं, कुशल मल्ल ३७औं र कप्तान रोहित पौडेल ५५औं स्थानमा यथावत् छन् । यो वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर राजा दोस्रो स्थानमा र बङ्गलादेशका शाकिब अल हसन तेस्रो स्थानमा यथावत् छन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij