झ्याप्ले खोलामा ३ वटा गाडीमा ३० जनाको शव भेटियो, थप गाडी पुरिएको शङ्का

झ्याप्ले खोलामा ३ वटा गाडीमा ३० जनाको शव भेटियो, थप गाडी पुरिएको शङ्का

उद्धार गर्दै सशस्त्र प्रहरी काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण काठमाडौँको शङ्खमुलमा बाढीमा फसेका नागरिकको उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिरः विमलबहादुर विष्ट÷रासस

 

काठमाण्डाै – धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसबाट तीन जनाको शव र अर्को माइक्रोबसबाट १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज तीन जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डाै आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबसबाट चार जना महिला र नाै जना पुरुषको शव निकालिएको छ ।

यस्तै बुटवलबाट काठमाण्डाैका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । याे माइक्राेबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।

हिजो शव निकालिएकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेका खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुगेको शङ्कामा खोजी भइरहेको छ ।

प्रकाशित मिति : आइतबार, असोज १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij