परासी
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरेर असोज १५ गते राति १० बजे देखि १६ गते बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएको हो ।
अहिले निर्माण भएको डाइभर्सन पानी परेमा बगाउन सक्ने भन्दै सडक बन्द गरेर मर्मत गर्न लागिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।
बर्षाका कारण सोमबार दिउँसो सडक भासिएर सवारी आवागमन अवरुद्ध भएकोमा सामान्य मर्मत गरेर मंगलबार बिहानदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।
प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्