बुटवल,
नेपालीहरूकाे महत्त्वपूर्ण चाडपर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुड नियन्त्रण कार्यालय,नापतौल तथा गुणस्तर कार्यालय,उद्योगी ब्यवसायीका प्रतिनिधि,पत्रकारको संयुक्त टोलीले आज बुटवलका खाद्यान्न पसलहरूकाे अनुगमन गरेको हो ।
बुटवलवासीलाई स्वच्छ र गुणस्तरीय खाद्य वस्तु उपभाेग गर्न पाउन भन्ने उदेश्यले बजार अनुगमन लाई
तिब्रता दिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
अनुगमनका क्रममा केही खाद्यान्न पसलमा म्याद गुज्रेका र खान अयोग्य खाद्यवस्तु फेला परेको र ती खाद्यवस्तु नष्ट गरिएको बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगिश्वर पाेखरेलले जानकारी दिए ।
केही खाद्यान्न पसलमा ढक तराजुकाे नविकरण नगर्नुका साथै कागजपत्र दुरूस्त नभएको पाइएकोले केही पसललाई सचेत गराइएको समेत उनलेे बताए ।
बिगतकाे तुलनामा बजार थप ब्यवस्थित भएको पाइएको अनुगमन शाखा प्रमुख पाेखरेलकाे भनाइ छ ।
प्रकाशित मिति : आइतबार, असोज २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्